वीरगन्ज :

प्रसौनी विर्तामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.9kViews
1784 Shares

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २३ प्रसौनी विर्तामा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उपकार सेवा नेपाल संस्थाको आयोजना र प्रभु अस्पताल तथा रिसर्ज सेन्टरको प्राविधिक सहयोगमा प्रसाैनीस्थित शिव मन्दिरको प्राङगणमा शिविर सम्पन्न भएको हो ।

११४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा महाशिवरात्रीको अवसरमा भएकाे शिविरमा दुई सय ६५ जनाको चेकजाँच गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिए । शिविरमा सहभागिहरुलाई निशुल्क औषधीसमेत वितरण गरिएको थारुले बताए ।

शिविरमा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता, फिजिसियन राजु रञ्जन, नवजात तथा शिशु रोग विशेषज्ञ डा. असलम अन्सारी लगायतले स्वास्थ्य जाँच गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *