श्रेणी : BANNER
वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा युवाहरूको समर्थन क्रमशः विस्तार हुँदै गएको छ। जगरनाथपुर गाउँपालिका–६ प्रसौनीका स्थानीय युवाहरूको एक समूहले नेकपा (एमाले) लाई समर्थन गर्दै पाण्डेको चुनावी अभियानमा सक्रिय रूपमा सहभागी हुने घोषणा गरेका छन्।
स्थानीय युवाहरूले राजनीतिक स्थिरता र विकासको स्पष्ट दृष्टिकोणलाई प्राथमिकता दिँदै एमाले उम्मेदवार पाण्डेलाई साथ दिने निर्णय गरेको बताएका छन्। उनीहरूले केही राजनीतिक दलका नीति तथा विचार व्यवहारिक र सिद्धान्तअनुकूल नरहेको निष्कर्ष निकाल्दै एमाले रोजेको बताएका छन्।
प्रसौनीका युवा रञ्जित पटेल, फिरोज आलम र अनुज पटेलले उम्मेदवार पाण्डेको नेतृत्वमा क्षेत्रको समग्र विकास सम्भव हुने विश्वास व्यक्त गर्दै चुनावी अभियानमा सक्रिय रूपमा जुट्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले परिवर्तन, विकास र समृद्धिका लागि पाण्डेको पक्षमा जनमत निर्माणमा लाग्ने बताएका छन्।
यसैबीच, पाण्डेको चुनावी अभियानमा स्थानीय स्तरबाट युवाहरूको सहभागिता बढ्दै जाँदा क्षेत्रीय राजनीतिक माहोल थप सक्रिय बन्दै गएको छ।

प्रतिक्रिया