वीरगन्ज :

प्रसाैनी र माधाेपुरका दलित समुदायलाई भाँडा बर्तन वितरण

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
2.1kViews
1651 Shares

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६ प्रसाैनी र माधाेपुरका दलित समुदायलाई आइतबार भाँडा बर्तन वितरण गरिएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे सहयाेगमा वडाकाे याेजना अन्तर्गत दलित समुदायलाई बर्तन सेट वितरण गरिएकाे वडाध्यक्ष अयाेध्या प्रसाद कुर्मीले वताए ।

 

प्रसाैनी र माधाेपुरका गरिब तथा विपन्न दलित समुदायलाई सिल्लवरका डेक्ची सेट १४ थान, कराई १४ थान, स्टीलकाे बाल्टीन १४ थान, करछुल १४ थान, स्टिलकाे खाना प्लेट ५६ थान लगायतका भाँडा ब्रतन वितरण गरिएकाे वडाध्यक्ष कुर्मीले जानकारी दिए ।

 

दलित समुदायकाे विवाह, ब्रतबन्ध, सामुहिक भाेजकाे लागि आवश्यक पर्ने बर्तन सेट वितरण गरिएकाे जनाइएकाे छ ।

स्थानिय संताेष हजरा दुसाद, मनाेहर हजरा दुसाद, रामायण हजरा दुसाद, बदरी हजरा दुसाद, मनाेज हजरा दुसाद, लालसा देवी दुसाद, प्रेसपुल देवी दुसाद, काशी हजरा दुसाद लगायतकाे राेहबर वडाध्यक्ष कुर्मी दलित समुदायलाई बर्तन हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *