वीरगन्ज :

प्रभु साहलाई पूर्वमन्त्री रामवीर मानन्धरको साथ

श्रेणी : राजनीति

2 years
birgunj report
7Views
0 Shares

काठमाडौ । पूर्वशहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन् । लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरी स्थित मानन्धर निवासमा भेटवार्ता भएको हो ।

मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढ्ने आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए । उनले भने,‘हाम्रो पार्टी अध्यक्षज्यू र रामवीर मानन्धरज्युबीच भेटवार्ता भएको हो । उहाँहरु शहरी मन्त्रालयमा हुँदा देखि राम्रो सम्बन्ध थियो । त्यसकै निरन्तरता हो ।’

२०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए । मानन्धर काठमाडौ क्षेत्र नम्बर ७ बाट २०७० को संविधानसभासभा सदस्य तथा २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मानन्धर सोही क्षेत्रबाट स्वतन्त्र सांसद उम्मेदवार बनेका थिए । तर उनी पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *