श्रेणी : राजनीति
      48Views
      
      
      0
      Shares
      
      
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन् । माओवादी परित्याग गरी एमाले प्रवेश गरेका सचिव भट्टलाई भेट्न प्रधानमन्त्री प्रचण्ड कैलालीको गोदावरीस्थित उनकै निवासमा पुगेका हुन् ।
भेटमा प्रधानमन्त्रीले उनीसँग राजनीतिकसहितका विषयमा कुराकानी गरेका हुन् । कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार धनगढी विमानस्थलबाट प्रधानमन्त्री सिधै भट्ट निवास पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री भट्टको निवासमा पुगी चियापानमा सहभागी हुनुभएको जानकारी दिएको छ ।
    
    
    
									
									
        
        
प्रतिक्रिया