वीरगन्ज :

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

श्रेणी : राजनीति

2 years
birgunj report
135Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

एमाले अध्यक्ष ओलीले समसामयिक विषयमा छलफल भएको बताए । दुई नेताबीच संसदीय समिति छिटो गठन गर्ने विषयमा छलफल भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताए । प्रधानमन्त्री दाहालले बुधबार बिहान संवैधानिक परिषद् बैठक बोलाएका थिए । बैठकमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेसम्बन्धमा छलफल भए पनि निर्णय भएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *