वीरगन्ज :

प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन माग

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
1.9kViews
1261 Shares

काठमाडौं, १० फागुन । प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन माग गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार नागरिकलाई न्यूनतम रोजगारीमा सहभागी गराउन आवेदन खुला गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार इच्छुक बेरोजगार नागरिकले फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन् ।

निवेदन दिन इच्छुकले आफ्नो सम्बन्धित वडा कार्यालयमा आवेदन दिनुपर्ने छ। १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकले सामुदायिक विकास तथा निर्माणका काममा योगदान दिनका लागि यो अवसर पाउनेछन् ।

निवेदनका लागि नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, कुनै सिपमूलक तालिम लिएको भए त्यसको प्रमाणपत्र, एकल महिला वा अपांगताको प्रमाण खुल्ने कागजात अनिवार्य गरिएको छ ।

सरकारले यस कार्यक्रमका लागि स्थानीय तहमार्फत बजेट विनियोजन गर्दै आएको छ । चालु आर्थिक वर्षमा सरकारले २ अर्ब रुपैयाँ विनियोजन गरेको छ, जसको स्रोत नेपाल सरकारले नै व्यवस्थापन गर्नेछ ।

यस वर्ष यो कार्यक्रममार्फत थप ८६ हजार नागरिकलाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। ७५३ वटै स्थानीय तहमार्फत रोजगारमूलक आयोजना सञ्चालन गर्दै न्यूनतम रोजगारी उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *