वीरगन्ज :

प्रधानमन्त्री, मुख्यमन्त्री सहित संवैधानिक निकायका प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ : डा. राउत

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.7kViews
1432 Shares

वीरगंज (पर्सा), १० असोज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने कुरामा जोड दिएका छन् । वीरगंजमा आयोजित जनमत पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले प्रदेश सरकारलाई दिइएको जिम्मेवारी पुरा गर्न अधिकार सम्पन्न बनाउनुपर्ने कुरामा जोड दिएका हुन् । मात्र जिम्मेवारी दिएर मात्र हुँदैन उनले भने ‘संघले प्रदेशलाई जिम्मेवारी दिएपनि अधिकार विहीन बनाएको हुँदा विकास निर्माणका कार्यहरु हुन सकेको छैन ।’

संविधान संशोधनको विषयमा बोल्दै अध्यक्ष राउतले वर्तमान सरकारले संबिधान संशोधनको नाममा साना दललाई सिध्याउने योजना बनाएको आरोप लगाए । बन्दुक तेर्साएर जारी गरिएको संविधानको विरुद्ध मधेशका जनताहरु अहिलेपनि कालो दिवस मनाउने गरेको उनको भनाई छ । संविधान संशोधनको एजेण्डा लिएर ठूला दलहरु सम्मिलत बनाइएको सरकार साना दलहरुलाई सिध्याउने योजना सहित संविधान संशोधन गर्न चाहेको राउतको भनाई छ । २०७२ सालको संविधानले मधेशलाई दुई खण्डमा विभाजन गरेकोले अन्य प्रदेशमा मधेशका जनताहरु मथि दमन भइरहेकोले २२ जिल्लाका मधेशलाई सिंगो प्रदेश नभएपनि दुई प्रदेशमा सिमांकन गर्ने गरि संविधान संशोधन गर्नुपर्ने बताए ।

यस्तै उनले मधेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र नभएको हुँदा प्रतिनिधिसभामा मधेशीहरुको उपस्थिति न्यून रहेको बताए । मधेशमा ५४ प्रतिशत जनसंख्या रहेपनि निर्वाचन क्षेत्र २० प्रतिशत मात्रै भएको हुँदा प्रतिनिधि सभामा मधेशीहरुको उपस्थिति न्यून रहेको भन्दै अध्यक्ष राउतले जनसंख्या र भाषाको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने माग गरे । जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री भए राजनीतिक अस्थिरता अन्त्य हुनुका साथै मुलुक समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री भए ५ वर्षसम्म पुरा कार्यकाल काम गर्न सक्ने भन्दै अध्यक्ष राउतले ठूला राजनीतिक दलहरुले आफू खुसी सरकार बनाउने र ढाल्ने परिपाटीको अन्त्य पनि हुने र राजनीति स्थिरता कायम हुने उनको भनाई छ । राजनीतिक स्थिरता कायम भए देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने भएको हुँदा कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको पद जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने माग गरे । यसको साथसाथै संवैधानिक निकायका प्रमुखहरु पनि जनताबाट प्रत्यक्ष निर्वाचित हुनपर्ने जनमत पार्टीको माग गरेको बताए । संवैधानिक निकायका प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुँदा कुनै दल वा नेताको प्रभावमा नपरि स्वतन्त्र रुपमा निष्पक्ष निणर्य गर्न सक्ने भएको हुँदा मुलुकमा मौलाएको भ्रष्टाचारको पनि अन्त्य हुने बताए ।

जनमत पार्टी पर्साका ईन्चार्ज माधव कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य करिमा बेगम, पर्सा अध्यक्ष ओमप्रकाश सर्राफ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *