श्रेणी : समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अतिकम विकसित राष्ट्रहरुको पाँचौ सम्मेलनमा भाग लिन कतार जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको कतार भ्रमणबारे जानकारी गराएका हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आगामी शुक्रबार सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्ने जानकारी दिइन् ।
प्रधानमन्त्रीले सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनमा सहभागी राष्ट्रका प्रमुख र सरकार प्रमुखहरुसँग पनि प्रधानमन्त्री दाहालको द्धिपक्षीय भेटवार्ता हुने मन्त्रालयले जनाएको छ ।
नेपाली दुतावास र त्यहाँस्थित नेपाली समूदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुने कार्यक्रम छ । चार दिने भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गतेस्वदेश फर्कनेछन् ।
प्रतिक्रिया