श्रेणी : BANNER
वीरगंज । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । बुधबारको प्रतिनिधि सभाकाे बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए ।
मतदानमा २६८ जना सहभागी थिए । प्रधानमन्त्रीको मत माग्ने प्रस्तावको पक्षमा १५७ मत परेको थियो । प्रस्तावको विपक्षमा ११० मत परेको थियो । र मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो । सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
तेस्रो पटक प्रधानमन्त्री भएपछि उनले विश्वासको मत लिएको यो तेस्रो पटक हो । २०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त भएका उनले पुस २६ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला मतदानमा सहभागी २७० मध्ये उनलाई २६८ जनाले विश्वासको मत दिएका थिए, २ जनाले विपक्षमा मत दिएका थिए ।
विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले देश औसत उपलब्धिहरुमा रमाउन सक्ने अवस्थामा नरहेको र औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भए पनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने आफ्नो संकल्प गरेको बताएका थिए ।
‘आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्नेछु । मेरो प्रतिबद्धतामा यो सम्मानित संसद्ले विश्वासको मोहोर लगाउने छ भन्ने मेरो विश्वास छ’, उनले भनेका थिए । कालिका टाईम्स
प्रतिक्रिया