वीरगन्ज :

प्रधानमन्त्री प्रचण्डले आज चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्दै

श्रेणी : BANNER

2 years
birgunj report
23Views
0 Shares

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री दाहाल र उनका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको हो ।

त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गर्नेछन् । भेटवार्ताका लागि प्रधानमन्त्री दाहाल ग्रेटहल अफ दि पिपलमा आइपुगेका छन् । प्रधानमन्त्री दाहालाई ग्रेट हलमा स्वागत तथा गार्ड अफ अनर प्रदान गर्ने तयारी गरिएको छ ।

नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीचम विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालको सम्मानमा चिनियाँ प्रधानमन्त्री लि छ्याङले दिवा भोजको आयोजना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *