
श्रेणी : राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहण गरेका छन् । सोमबार अपरान्ह राष्ट्रपतिसमक्ष शपथ लिएका प्रधानमन्त्री प्रचण्डले साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै प्रधानमन्त्री प्रचण्ड लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसअलगत्तै प्रधानमन्त्री दाहाल कीर्तिपुर पुगेका हुन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा पार्क निर्माण गरिएको छ । पार्कभित्र उनको सालिकमा प्रधानमन्त्रीले माल्यार्पण गरे ।
यस्तै, प्रधानमन्त्रीले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरेका छन्। माओवादीले जनयुद्ध तथा जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका एवं बेपत्ता भएका योद्धाको स्मृतिमा स्तम्भ निर्माण गरेको छ ।


प्रतिक्रिया