श्रेणी : BANNER
39Views
0
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा बिहान नर्भिक अस्पतालमा निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्थामा थिइन् ।
नेपालसहित विदेशका विभिन्न अस्पतालमा उपचार गराउँदा समेत उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन । उनी पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित थिइन् ।
प्रतिक्रिया