
श्रेणी : राजनीति
धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले उजुरी खारेज गरिदिएको हो ।
मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएकोले उजुरी खारेज गरिएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।
नागरिकतामा देउवाको जन्ममिति विसं २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते रहेको पाइएको थियो । देउवाको मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक रहेको भन्दै देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले उजुरी दिएका थिए।
डडेल्धुराबाट उम्मेदवारी दिएका देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।

प्रतिक्रिया