वीरगन्ज :

प्रधानमन्त्री ओली जनकपुरधाम आउँदै

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
1.9kViews
1773 Shares

जनकपुर,२७ जेठ । प्रधानमन्त्री तथा राजर्षिजनक विश्वविद्यालयका कुलपति केपी शर्मा ओली मङ्गलबार जनकपुरधाम आउँदै छन्। उनले विश्वविद्यालयको पहिलो ऐतिहासिक दीक्षान्त समारोहमा सहभागी भई विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम रहेको छ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने समारोहमा प्रधानमन्त्री ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई दीक्षान्त प्रमाणपत्र प्रदान गर्नेछन्। विश्वविद्यालयका अनुसार तीन ब्याचमा रहेका ११५ जना विद्यार्थी दीक्षित हुँदैछन्।

२०७४ साल कात्तिक १२ गते स्थापना भएको राजर्षिजनक विश्वविद्यालय अन्तर्गत हाल चार वटा सङ्कायबाट १३ शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। तीमध्ये एमफिल, एमबीए, बीबीए, बीआईटी, बीई–सिभिल, बीसीए, बीएस्सी–सीएसआईटी, बीपीएच, बीएस्सी–एमएलटी, बीएस्सी–एजी, बीए–एलएलबी, बीडीबीएम र बीजेएमसी कार्यक्रम समावेश छन्।

दीक्षान्तमा सहभागी हुन २०८२ जेठ ५ गतेसम्म स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण भई ट्रान्सक्रिप्ट प्राप्त गरेका विद्यार्थीहरूलाई फारम भर्ने व्यवस्था गरिएको थियो।

समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिनेछ। विश्वविद्यालयले जानकारी दिएअनुसार संस्थागत रूपमा उत्कृष्ट चार जनालाई विशेष पदक र प्रत्येक संकाय तथा शैक्षिक कार्यक्रमबाट १०–१० जना विद्यार्थीलाई पनि सम्मान गरिनेछ।

हालसम्म विश्वविद्यालय मातहत पाँचवटा आंगिक क्याम्पस तथा ६८ वटा निजी क्याम्पसहरू सम्बन्धनमा रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *