वीरगन्ज :

प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न – ‘कुन नैतिकताले अझै पदमा बस्नु भएको?’

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
2.0kViews
1321 Shares

राैतहट,०१ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अध्यादेशको प्रयोगले प्रधानमन्त्री केपी शर्मा ओली नै निर्वस्त्र बनेको टिप्पणी गरेका छन्।

रौतहटको यमुनामाई गाउँपालिकामा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै साहले झण्डै दुई तिहाई बहुमतको सरकार दाबी गर्ने ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश पारित गराउन सामान्य बहुमतसमेत नभएको बताए।

“म प्रधानमन्त्रीज्यूसँग सोध्न चाहन्छु, तपाईंले त झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकार भन्नुहुन्छ। तर तपाईं आफैंले ल्याएको अध्यादेश पारित गर्न पनि पर्याप्त मत छैन। कुन नैतिकताले अझै पदमा बस्नु भएको?” उनले प्रश्न गरे।

साहले अध्यादेश संसदमा निर्णयार्थ पेश गरेर पछि फिर्ता लिनुको कारण माग्दै भने, “तपाईंले आफैं ल्याएको अध्यादेश पारित गराउन नसक्ने भएपछि कुन नैतिकताका आधारमा कुर्सीमा बसिरहनुभएको छ? अलिकति पनि देश र जनताको माया भए, तुरुन्त राजीनामा दिनुपर्छ।”

साहले ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको गठबन्धनलाई स्वार्थको बन्धन भएको भन्दै त्यसबाट मुलुकलाई मुक्त गर्नुपर्ने धारणा राखे।

“यो गठबन्धन अप्रजातान्त्रिक, अप्राकृतिक, अदृश्य र अनैतिक छ। यो केवल केपी शर्मा ओली र शेरबहादुर देउवाको स्वार्थपूर्तिको गठबन्धन हो। दलाल, बिचौलिया र भ्रष्टहरूको सेवामा समर्पित छ,” उनले आरोप लगाए।

उनले विपी कोईरालालाई आदर्श मान्ने कांग्रेस र मदन भण्डारीलाई आदर्श मान्ने एमाले कार्यकर्ताले यो ‘ठगबन्धन’ लाई स्वीकार्न नसक्ने दाबी गर्दै ओली-देउवा गठबन्धनलाई बहिष्कार गर्न आह्वान गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *