वीरगन्ज :

प्रधानमन्त्री ओलीद्वारा तमु ल्होसारको शुभकामना व्यक्त

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.7kViews
1492 Shares

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले तमु ल्होसार सम्झँदा शीरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झल्झली सम्झना आउने बताए ।

प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ,‘आज तमु ल्होसार, गुरुङ समुदायको प्रमुख पर्व । तमु ल्होसार सम्झँदा शीरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झल्झली सम्झना आउँछ । संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ । सबैलाई तमु ल्होसारको शुभकामना !!’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *