वीरगन्ज :

प्रधानमन्त्री ओलीको निर्देशन : भोलिदेखि संसद् चल्छ, सांसदहरू तयार भएर बस्नुस्

श्रेणी : प्रदेश

4 weeks
Pradeep Sah
1.6kViews
1292 Shares

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताएका छन्। एमाले संसदीय दलको बानेश्वरमा सोमबार बसेको बैठकमा ओलीले प्रमुख प्रतिपक्ष माओवादी केन्द्रलाई वार्ताबाट भागेको आरोप पनि लगाए।

“मंगलबारदेखि संसद् सञ्चालनमा आउँछ। माननीयज्यूहरू तयार भएर बस्नुस्,” प्रधानमन्त्री ओलीले भने, “मैले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष पुष्पकमल दाहाललाई संवादका लागि खोजेको थिएँ, तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन। संवाद नगर्ने, सदन बन्द गर्ने मानसिकता लोकतन्त्रसँग मेल खाँदैन।”

प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै उजुरी वा छानबिन नचलेको भन्दै राजीनामाको माग अनावश्यक भएको तर्क गरे। सडकमा उठेका मुद्दालाई सदनमा अवरोध गर्ने माध्यम बनाउनु प्रतिगमनतर्फको बाटो भएको उनको भनाइ थियो।

बजेट सार्वजनिक भइसकेको र मुलुक अर्थतन्त्रका चुनौतीबीच उभिएको अवस्थामा संसद्को नियमितता आवश्यक भएको उल्लेख गर्दै ओलीले राजतन्त्र पुनःस्थापनाको बहसलाई “दास मानसिकताको वकालत” भने। उनले भने, “नेपालजस्तो गणतान्त्रिक समाजमा राजा जन्मिएर शासन गर्ने विचार नै अब अप्रासंगिक भइसकेको छ। संसारभर निर्वाचित प्रतिनिधिले सत्ता सञ्चालन गर्छन्।”

प्रधानमन्त्रीले श्रीलंका र बंगलादेशका उदाहरण दिँदै असन्तुष्ट शक्तिहरूले मुलुकलाई अस्थिर बनाउने प्रयास गरे पनि अन्ततः समाधान लोकतन्त्रमै खोजिनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *