वीरगन्ज :

प्रधानमन्त्रीले १७२ को समर्थन छ भनेर ढुक्क हुने अवस्था छैनः महामन्त्री थापा

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त नहुने बताएका छन् ।

बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकलाई तर्साउने भन्दापनि विकासकाबारेमा सोच्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको स्पष्ट भएको उनले बताए । थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले दायाँबायाँ हेरेर मसँग १७२ को समर्थन छ भनेर ढुक्क हुने अवस्था छैन । यसो गरियो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ । मैले प्रधानमन्त्रीलाई पटक पटक भन्ने गरेको छु। नागरिकलाई नतर्साउनुस्। तर, प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको छ। म आग्रह गर्न चाहन्छु कम्तीमा दिनमा आधा घण्टा समय निकाल्नुस्। भेटघाट बन्द गर्नुस् र एक पटक सोच्नुस्। आफूसँग भएको एक एक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर ।’

उनले अहिलेजस्तो युवाहरू आत्तिएको र मानिसहरूमा निराशा आफूले कहिले नदेखेको भन्दै त्यसलाई सरकारले सम्बोधन गर्नसक्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *