
श्रेणी : BANNER
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री विश्वासको मतको लागि मतदान गरिएको थियो ।
मतदानका क्रममा प्रधानमन्त्रीको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा जम्मा दुई मत परेको थियो । आजको बैठकमा २७० जना सांसद उपस्थित भएका थिए ।
प्रधानमन्त्रीलाई आफ्नो पार्टी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।
प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् ।

प्रतिक्रिया