वीरगन्ज :

प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुँदैनथ्योः शेखर कोइराला

श्रेणी : BANNER

2 years
birgunj report
22Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु गलत भएको बताएका छन् ।

आइतबार काठमाडौंमा बसेको संस्थापनइतर समूहको बैठकमा उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत भएको बताएका हुन् ।

उनले यो निर्णयले पार्टीलाई नै क्षति भइरहेको बताए । कोइरालाले आफूले तटस्थ बस्नुपर्छ भन्ने आफ्नो प्रस्तावको वेवास्ता गरिएका गुनासो गरे ।

कोइरालाको भनाई उदृत गर्दै एक नेताले भने,‘विश्वासको मत दिएर हामीले गल्ती गर्यौं । विश्वासको मत दिनु हुँदैनथ्यो । तर बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्यो ।’

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुनसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले फरक मत राखेका थिए ।

सरकारलाई विश्वासको मत दिएर यो परिस्थितिमा पार्टीले प्रतिपक्षको गहन भूमिका निर्वाह गर्न नसक्ने र नैतिक धरातल पनि नरहने बैठकका नेताहरुले बताएका थिए । बैठकमा केन्द्रीय समिति बैठक, राष्ट्रपति निर्वाचनबारे छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *