वीरगन्ज :

प्रधानमन्त्रीलाई भेट्न उपेन्द्र यादव बालुवाटारमा

श्रेणी : प्रदेश

3 hours
Pradeep Sah
1.8kViews
1116 Shares

काठमाडौं, २४ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। अध्यादेशसम्बन्धी निर्णय अघि अध्यक्ष यादवले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

यसअघि जसपा नेपालले बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको थियो। बैठक तय भएका बेला यादव प्रधानमन्त्रीलाई भेट्न गएको जनाइएको छ। जसपा बैठकले अध्यादेशबारे औपचारिक निर्णय लिने तयारी गरिरहेको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्नु अघि यादवले कांग्रेस नेताहरू शेरबहादुर देउवा, गगन थापा, विश्वप्रकाश शर्मा, र गृहमन्त्री रमेश लेखकसँग नयाँ बानेश्वरस्थित संसद भवनमा भेटघाट गरेका थिए। बैठकमा जसपाका उपाध्यक्ष राजकिशोर यादव पनि सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *