
श्रेणी : BANNER
24Views
0
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले देश आर्थिक संकटमा गएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । शनिबार बिहान चीन भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा देश आर्थिक संकटमा परेको, वित्तीय संकट चुलिएको र युवा पलायन भएको भन्दै चिन्ता प्रकट गरिएको छ । साथै यी समस्या समाधान गरी आमजनतालाई आस्वस्त बनाउने काम सरकारको भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । आर्थिक संकट, बेरोजगारी, महँगी जस्ता समस्याले चरम निराशा छाएको समेत एकीकृत समाजवादीको निष्कर्ष छ ।



प्रतिक्रिया