श्रेणी : राजनीति
6Views
0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर नेताहरू राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेका थियो । राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेताहरू शीतल निवास पुगेका हुन् ।
राष्ट्रपतिले संविधानको धारा (७६) २ अनुसार एक भन्दा बढी दलको सरकार बनाउनका लागि गरेको आह्वान आजै पाँच बजे सकिँदै थियो । अब राष्ट्रपतिले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्नेछिन् ।
प्रतिक्रिया