वीरगन्ज :

प्रधानमन्त्रीद्वारा मन्त्रालयमा सचिवहरुसँग कामकारबाहीबारे जानकारी माग

श्रेणी : समाचार

2 years
birgunj report
18Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुसँग प्रधानमन्त्रीले कामकारबाहीको विवरण लिएका हुन् ।

मुख्यसचिव शंकरदास बैरागीले प्रधानमन्त्रीले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाहीबारे जानकारी लिएको जानकारी दिए ।

त्यसक्रममा सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरुले भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । मुख्यसचिव बैरागीका अनुसार मंगलबार पुनःछलफल हुने र प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशन दिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *