श्रेणी : प्रदेश
      2.3kViews
      
      
      1718
      Shares
      
      
काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरेका छन् । साँझ ५ बजे बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रियसभामा बहुमत नपुग्दा सरकारले ल्याएको अध्यादेश सदनमा निर्णयार्थ पेश हुन सकेको छैन ।
गएको माघ १८ गते ६ वटा अध्यादेश सदनमा पेश भएको थियो । अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ । संयन्त्रमा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु छन् ।
    
    
    
									
									
        
        
प्रतिक्रिया