
श्रेणी : BANNER
21Views
0
Shares
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेको छ । बुधबार प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै नेकपा एमालेका सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।
उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने बताए । त्यसपछि सभामुख देवराज घिमिरेले कार्यसूची अनुसार बैठक अघि बढाउन खोज्दा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले नाराबाजी गर्न सुरु गरेपछि सभामुखले आधाघण्टाका लागि बैठक स्थगित रेका छन् । एमालेले आज राष्ट्रियसभा बैठक पनि अवरोध गरेको छ ।


प्रतिक्रिया