
श्रेणी : BANNER
14Views
0
Shares
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।
अध्यक्ष प्रचण्डले भरतपुर–१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको ’क’ केन्द्रबाट पहिलो मतदान गरेका हुन् । मतदानपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताएका छन् । उनले जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहने बताए । प्रचण्डले चितवन र गोरखा दुवै जिल्लालाई उतिकै महत्व दिने समेत बताएका छन् । चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै ठाउँ उतिकै प्राथमिकतामा रहने बताए ।

प्रतिक्रिया