वीरगन्ज :

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

श्रेणी : BANNER

2 years
birgunj report
10Views
0 Shares

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ । सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीशमा कार्कीलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिएका छन् । कार्की हाल कामु प्रधानन्यायाधीश छन् । अब कार्कीको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् ।

चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए । उनी उमेर हदका कारण अवकाश भएपछि गत असोज ११ देखि कामु प्रधानन्यायाधीश छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *