वीरगन्ज :

प्रदेश सरकारको अस्तित्व केका लागि : मेयर बालेन

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
2.6kViews
1514 Shares

काठमाडौं,२८ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रदेश सरकारको भूमिका र औचित्यबारे प्रश्न उठाएका छन्। आइतबार बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको भेटमा उनले प्रदेश सरकार संघ र स्थानीय तहबीचको सशक्त कडी बन्न नसकेको टिप्पणी गरे।

मेयर शाहले भने, “प्रदेश सरकारले स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन र संघबाट अधिकार लिन सक्नुपर्थ्यो। तर, हालको अवस्थामा यस्तो भूमिका देखिएको छैन।” उनले स्थानीय तहका समस्याहरू संघ सरकारमै भन्नुपर्ने बाध्यता रहेको भन्दै यो अवस्थामा प्रदेश सरकार किन चाहिन्छ भन्ने प्रश्न गरे।

सुकुम्बासी समस्या समाधानदेखि नदी प्रणाली सुधारसम्मका विषयमा संघ सरकार सक्रिय रहे पनि प्रदेश सरकारको उपस्थिति महत्त्वपूर्ण रूपमा देखिन नसकेको मेयर शाहको भनाइ थियो। “स्थानीय तहले गर्ने काममा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो, तर त्यो भूमिका अझै प्रभावकारी देखिएको छैन,” उनले भने।

मेयर शाहको यो भनाइले प्रदेश सरकारलाई संघ र स्थानीय तहबीचको कडी बनाउन दबाब दिएको छ। उनका अनुसार प्रदेश सरकारको औचित्य सावित गर्न अधिकारको प्रभावकारी हस्तान्तरण र स्थानीय तहलाई बलियो बनाउने पहल आवश्यक छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *