वीरगन्ज :

प्रदेश मुख्यमन्त्रीः चार प्रदेशमा एमाले, दुईमा माओवादी केन्द्र, मधेशमा जसपा र जनमत आलोपालो

श्रेणी : समाचार

2 years
birgunj report
94Views
0 Shares

काठमाडौँ । सत्ता साझेदार दलमा प्रदेशको नेतृत्वमा सहमति जुटेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले प्रदेशको नेतृत्वमा सहमति जुटेको हो ।

सहमति अनुसार गण्डकी र लुम्बिनीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्नेछ । त्यस्तै मधेसमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्ने छन् । पहिलो कार्यकाल जसपाले चलाउने भएको छ भने दोस्रो कार्यकाल जनमत पार्टीले चलाउने छ ।

वाग्मतीमा पहिलो कार्यकाल माओवादीले नेतृत्व गर्नेछ भने दोस्रो कार्यकाल एमालेले नेतृत्व गर्नेछ । कर्णालीमा पूरै कार्यकाल माओवादीले नेतृत्व गर्नेछ । सुदूरपश्चिममा पहिलो कार्यकाल एमालेले र दोस्रो कार्यकाल माओवादीले नेतृत्व गर्ने सहमति भएको छ ।

प्रदेश एकमा एमालेले नेतृत्व पाइसकेको छ । प्रदेश एकमा एमाले संसदीय दलका नेता हिक्मत कार्की आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *