
श्रेणी : समाचार
विराटनगर । प्रदेश एकको मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् ।
आइतबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष कार्कीले दाबी पेश गरेका हुन् ।
कार्कीलाई मुख्यमन्त्री बनाउन दावीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थन छ । प्रदेश प्रमुखले आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न समय दिएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । अब प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नेछन् ।

प्रतिक्रिया