श्रेणी : BANNER
वीरगञ्ज, ४ कार्तिक । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यमा जसपाका उम्मेदवार प्रदीप यादवलाई जिताउन समाजवादी महिला संघले पनि प्रचार प्रसार अभियानलाई निरन्तरता दिएको छ ।
समाजवादी महिला संघमा आबद्ध महिला नेतृहरुले मतदाताको घरघरमा पुगेर प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।
यसैक्रममा उनिहरुले शुक्रबार पनि वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा पुगेर घरदैलो कार्यक्रम गरेका छन् ।
मतदातासँगको भेटघाटका क्रममा जसपाका महिला नेता कार्यकर्ताहरुले काम गर्ने नेतालाई नै फेरि अवसर दिए महिलाको सशक्तिकरण हुने र क्षेत्रको विकास पनि हुने बताए ।
घरदैलोका क्रममा खासगरि महिला मतदाताहरुले सांसदमा जितेर मन्त्रीसमेत भएका यादवले क्षेत्रको समृद्धि र विकासमा नमूनाम काम गर्नुका साथै युवती र गृहिणी महिलालाई आत्मनिर्भर बनाउने विभिन्न योजना पनि सञ्चालन गरेकाले आफुहरुको यसपालिको पनि रोजाइ यादव नै भएको प्रतिक्रिया दिएको घरदैलोमा सहभागी समाजवादी महिला संघकी नेतृ प्रेरणा श्रेष्ठले जानकारी दिइन् ।
समाजवादी महिला संघ मधेस प्रदेश संघ मधेश प्रदेश समितिकी उपाध्यक्ष पिंकी यादवको नेतृत्वमा शुक्रबार भएको घरदैलो कार्यक्रममा नेतृहरु अन्नपूर्णा मानन्धर, सुनिता साह, लालसा चौधरी लगायतको सहभागीता थियो ।
प्रतिक्रिया