
श्रेणी : प्रदेश
काठमाडौं,१४ वैशाख । तीनकुनेमा भएको प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रसहित राज्यविरुद्धको अभियोगमा अनुसन्धान भइरहेकाहरूको हिरासत अवधि आज फेरि थपिने भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार, अदालतले दिएको पछिल्लो तीन दिनको अनुसन्धान अवधि सकिएपछि आइतबार (आज) म्याद थपका लागि उनीहरूलाई अदालतमा उपस्थित गराउने तयारी गरिएको हो।
वैशाख ११ गते अदालतले प्रसाईं, मिश्रसहित २४ जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। त्यसअघि उनीहरूलाई अदालतले १५ दिनसम्म हिरासतमा राख्न आदेश दिएको थियो।
प्रहरी स्रोतका अनुसार राज्यविरुद्धको अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान आवश्यक भएकाले हिरासत म्याद थपको निवेदन दर्ता गरिनेछ।

प्रतिक्रिया