
श्रेणी : BANNER
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार पार्टी अध्ययक्ष उपेन्द्र यादवलगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसदहरू चुनिने र उनीहरूले व्यवस्थापकीय र विधायकी काम मात्र गर्ने उल्लेख छ । त्यस्तै अहिलेको सात प्रदेश पनि नमिलेकाले १० प्रदेश बनाउनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादवले जसपाले अब प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली हुनुपर्नेमा जोड दिएको बताए ।
त्यस्तै अहिलेको निर्वाचन प्रणाली पनि खारेज हुनुपर्ने उनले स्पष्ट पारे । उनले भने, ‘अहिले संसदीय प्रणालीले नेपालमा न राजनीतिक स्थिरता दिन सक्यो न गणतन्त्रलाई बलियो बनाउन सक्यो । यो लामो प्रयोग गरेको प्रणाली सफल हुन सकेको छैन। त्यसैले राजनीतिक स्थिरता र तीव्र रुपमा आर्थिक क्रान्ति गर्नका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्छ।’


प्रतिक्रिया