वीरगन्ज :

प्रतिबन्धित लागु औषध सहित दुई जना पक्राउ

श्रेणी : मधेस

8 months
Pradeep Sah
2.2kViews
1967 Shares

वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको कोल्बी महानगरपालिका वडा नम्बर ७ निवासी २१ वर्षीय कनिल पौडेल र २० वर्षीया प्रेरणा पौडेल रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट ईनर्वा गाउँबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६, ईनर्वागाउँस्थित सडकखण्डबाट दुबै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

भारतको रक्सौलबाट नेपालतर्फ पैदल यात्रा गरिरहेको अवस्थामा शंका लागेपछि प्रहरीले उनीहरूलाई रोकेर चेकजाँच गर्दा कालो जेब्राझोलाभित्र लुकाएर राखिएको २९४ पिस नाइट्राभेट १० लेखिएको प्रतिबन्धित लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

प्रवक्ता भारतीका अनुसार पक्राउ परेकाहरूविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *