वीरगन्ज :

प्रतिबन्धित भारतीय नोटसहित एकजना पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

11 months
Pradeep Sah
1.6kViews
1861 Shares

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २२ साउन । पर्सा प्रहरीले २ लाख भन बढी भारतीय प्रतिबन्धित नोटसहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण बिहारका २९ वर्षिय अनिल कुमार
रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भारत रक्सौलबाट संकास्पदरूपमा आउदै गरेको अनीललाई रोकी चेकजाँच गर्ने क्रममा उनको साथबाट रु ५ सयको ४ सय ३८ थान गरी जम्मा भारतीय रु २ लाख १९ हजार हजार फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम डिएसपी दिपक भारतीले जानकारी दिनुभयो ।

बरामद भारतीय रुपैयासहित निजलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको डिएसपी भारतीले बताउनुभयो । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *