श्रेणी : राजनीति
9Views
0
Shares
काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दर्ता भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।
निर्वाचनका लागि दर्ता भएका उम्मेदवारमध्ये बुधबार प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि कायम भएको उम्मेदवारको सूची सार्वजनिक गरिएको हो ।
प्रारम्भिक विवरणअनुसार प्रतिनिधिसभातर्फ जम्मा २ हजार ४१२ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभातर्फ जम्मा ३ हजार २२४ जनाले उम्मेदवारी दिएका छन् । गत आइतबार देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दलगत र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका थिए ।
https://drive.google.com/file/d/1MUsReOVYqcDASEYZG_VPloEaj9mEONdV/preview
प्रतिक्रिया