वीरगन्ज :

प्रतिनिधिसभामा सबैभन्दा बढी एमाले र त्यसपछि राप्रपाका बढी उम्मेदवार

श्रेणी : BANNER

2 years
birgunj report
6Views
0 Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरेर २ हजार ४१२ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार पुरुष २१८७ र महिला उम्मेदवारको संख्या २२५ छ । त्यसैगरी सबै भन्दा बढी उम्मेदवार नेकपा एमालेका १४१ जना रहेका छन् ।

एमालेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका १४० उम्मेदवार छन् । नेपाली कांग्रेसले ९१, नेकपा माओवादी केन्द्रले ४६, नेकपा एकीकृत समाजवादीले २१, जनता समाजवादी पार्टीले ७९ क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *