वीरगन्ज :

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

श्रेणी : BANNER

2 years
birgunj report
141Views
0 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफल निष्कर्षविहीन भएपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको हो ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजे बस्ने गरी तय भएको जानकारी दिए । यसअघि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रमुख तीन दलबीच सहमति नजुटेपछि अपराह्न ४ बजेका लागि सारिएको थियो ।

तर, सभामुख घिमिरेको कार्यकक्षमा बसेको दोस्रो चरणको बैठकमा पनि प्रमुख तीन दलबीच सहमति जुट्न सकेन । सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो ३ बजेका लागि सारिएको हो ।

दोस्रो चरणको बैठकमा पनि एमालेले सुन तस्करीबारे अनुसन्धानका लागि छानबिन समिति गठन गर्नुपर्ने अडानमा कायम राखेको छ । एमालेकै अवरोधका कारण पछिल्लो दुई सातायता संघीय संसदका दुवै सदनको बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *