
श्रेणी : BANNER
9Views
0
Shares
काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगन गरेको हो
। बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि बोलाइएको छ । सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ । माग पूरा नहुन्जेल बैठक चल्न नदिने एमालेले अडान लिएपछि बैठक स्थगित भएको हो । यस विषयमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।
तर, समिति बनाउन सरकार तयार नभएको भन्दै एमालेले बैठक चल्न नदिने अडान राखेपछि सूचना टाँस गरेर बैठक स्थगन गरिएको हो । यसअघि १० साउनमा बोलाइएको बैठकमा पनि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया