वीरगन्ज :

प्रतिनिधिसभाको बैठक आज विनियोजन विधेयकमाथि छलफल

श्रेणी : प्रदेश

1 week
Pradeep Sah
2.7kViews
1855 Shares

काठमाडौं,०८ असार । संघीय संसद् भवन, नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ।

संघीय संसद् सचिवालयद्वारा सार्वजनिक कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय तथा उपराष्ट्रपति कार्यालय सम्बन्धी विनियोजनमाथि छलफल हुनेछ।

बैठकमा सांसदहरूले खर्च कटौतीका लागि पेस गरेका प्रस्तावहरू पनि छलफलमा आउने छन्।

यसका अतिरिक्त, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ। त्यससँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा सभामुखले बैठकमा सुनाउने कार्यक्रम छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठकको विनियोजन विधेयक सम्बन्धी छलफल बहिष्कार गर्ने अडान लिएका छन्। उनीहरूले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै संसदमा विरोध जनाउँदै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *