
श्रेणी : राजनीति
166Views
0
Shares
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्यूँताउन आह्वान गरेका छन् ।
शनिबार पार्टीको भक्तपुर जिल्लाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सबै मिलेर अघि बढ्ने भए तत्कालीन नेकपा ब्यूँताउन आफू तयार रहेको बताएका हुन् ।
उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली तयार भए तत्कालीन नेकपा ब्यूँताउन सकिने बताए । अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोसिस भइरहेको बताए ।


प्रतिक्रिया