
श्रेणी : राजनीति
25Views
0
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार अपराह्न बसेको पदाधिकारी बैठकले दलको नेतामा प्रचण्डलाई चयन गरेको हो ।
माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए । बैठकले सङ्घीय सांसदबाट मासिक १२ हजार रुपैयाँ लेबी उठाउने निर्णयसमेत गरेको छ ।
केही दिनअघि बसेको माओवादी पदाधिकारी बैठकले नवनिर्वाचित सांसदको शपथ ग्रहणपछि दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया