वीरगन्ज :

प्रचण्ड नेतृत्वको सरकारका ६ महिनाको उपलब्धि सार्वजनिक

श्रेणी : BANNER

1 year
birgunj report
5Views
0 Shares

काठमाडौं । सरकारले आफ्नो ६ महिनाको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । गठन भएको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयले ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो ।सरकारले जिम्मेवारी सम्हालेको ६ महिनामा नीति, कानून तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कार्यलाई उच्च प्राथमिकताका दिएको बताइएको छ ।

यस अवधिमा समावेशी, संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना, भ्रष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासनको प्रवर्द्धन सरकारले गरिरहेको बताएको छ ।

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गरिएको दाबी गरेको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रकरणको निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याइएको, मिटरब्याजीकाबारेमा छानबिन गर्न आयोग गठन गरेकोलाई सरकारले उपब्धि मानेको छ ।

त्यस्तै भारत भ्रमणका क्रममा द्विपक्षीय हित¸ नेपाल–भारत सम्बन्धका राजनीतिक, आर्थिक, व्यापारिक, सांस्कृतिक लगायतका विविध पक्षहरूमा छलफल भई विभिन्न ७ वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको तथा ५ वटा विभिन्नि परियोजनाको उद्घाटन र शिलान्यास भएको विषयलाई पनि प्रगति विवरणमा उल्लेख गरिएको छ।

गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएको थियो । सुरुमा १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई पुस २८ गते २६८ जना सांसदले विश्वासको मत दिएका थिए ।

https://drive.google.com/file/d/1EEe7JDaD69OAisdYoikyDTf1MMHx9Bux/preview

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *