वीरगन्ज :

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार

श्रेणी : BANNER

3 years
birgunj report
29Views
0 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको छ ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो । माओवादी नेता वर्षमान पुनका अनुसार प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने सहमति भएको छ ।

सहमति अनुसार सुरुको आधा कार्यकाल प्रचण्डले सरकारको नेतृत्व गर्नेछन् भने त्यसपछि एमालेले नेतृत्व पाउनेछ । एमाले महासचिव शंकर पोखरेलले कांग्रेसले सरकार गठनलाई निष्कर्षमा पुर्याउन नसकेपछि एमालेलाई सरकार गठनका लाग नैतिक बाध्यता आएको बताए ।

उनले बैठकमा प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी प्रस्तुत गर्ने सहमति भएको बताए । यसमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहमत भएका उनले बताए ।

सत्ता गठबन्धनमा सहमति नजुटेपछि आज दिउँसो माओवादी नेताहरु नयाँ सत्ता समीकरणका लागि एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए । ओली निवासमा एमालेसहित माओवादी, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीका शीर्ष नेता छलफलमा जुटेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *