वीरगन्ज :

प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्सामा चुनावी अभियान सुरु

श्रेणी : मधेस

2 months
Pradeep Sah
1.6kViews
1328 Shares

वीरगन्ज,११ माघ । प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्सा जिल्लामा औपचारिकरूपमा चुनावी अभियान सुरु गरेको छ। पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमिताभ बच्चन दासले अभियानको नेतृत्व गरेका छन्।

चुनावी कार्यक्रमको पहिलो गतिविधि बहुदरमाई नगरपालिका वडा नं. ६, गमरिया टोलमा आयोजना गरिएको थियो। उक्त अवसरमा दासले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धता प्रस्तुत गरेका छन्।

पार्टीका स्रोतका अनुसार, आगामी दिनमा क्षेत्रभरि जनसम्पर्क, घरदैलो र विभिन्न भेटघाट कार्यक्रमलाई तीव्रता दिइनेछ। उम्मेदवार दासले जनताको सुझाव र अपेक्षालाई केन्द्रमा राख्दै चुनावी अभियान अघि बढाउने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *