वीरगन्ज :

प्रकृति सेवा प्रतिष्ठानद्वारा घरदैलो सरसफाइ र जनचेतना कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

8 months
Pradeep Sah
2.8kViews
1300 Shares

बीरगन्ज,२० जेठ । विश्व वातावरण दिवस २०८२ को सन्दर्भमा प्रकृति सेवा प्रतिष्ठान नेपालले श्री शारदा माविको सहकार्यमा सञ्चालन गरिरहेको ५ दिने कार्यक्रमअन्तर्गत मंगलबार तेस्रो दिनको घरदैलो सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।

“आजको सरसफाइ, भोलिको स्वस्थ जीवन” भन्ने नारासहित भएको अभियानमा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, सहसचिव अभिनाश झा, सदस्य लालबाबु सिंह, भोला प्रसाद, केदार गुप्ता, शिक्षकहरु र कक्षा ९ र १० का विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमअन्तर्गत विद्यालयदेखि सुगौली बिर्ता टोलसम्मको घर, पसल, सडक, चौक लगायतका स्थानहरूमा सरसफाइ गर्दै स्थानीय बासिन्दाहरूमाझ सरसफाइको महत्त्वबारे जनचेतना फैलाइएको थियो। विद्यार्थीहरूले सरसफाइको क्रममा कहिले हास्यव्यंग्य त कहिले मार्मिक सन्देशद्वारा नागरिकलाई सजग रहन आग्रह गरे।

सहसचिव अभिनाश झाले अभियानको उद्देश्य प्रकृति प्रतिको सम्मान र नागरिक उत्तरदायित्वका विषयमा चेतना फैलाउने रहेको बताए। अध्यक्ष सिंहले भने, “हरेक वर्षझैं यसपटक पनि वातावरण दिवसलाई जनस्तरसम्म पुर्‍याउँदै सरसफाइ, वृक्षारोपण र जनचेतनामूलक कार्यक्रममार्फत हाम्रो जिम्मेवारीबोध गराउँदैछौं।”

स्थानिय बासिन्दा, विशेषतः अग्रज महिला र युवाहरूले सरसफाइ अभियानमा खुसीसाथ सहभागी भएर सहयोग जनाएका थिए। कतिपयले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिएको भन्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने वाचा गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *