वीरगन्ज :

प्यूठानमा जिप दुर्घटना हुँदा १० जना घाइते

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
1.6kViews
1238 Shares

प्यूठान,२८ पुस । प्यूठानमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । भालुबाङ-प्यूठान सडकखण्डस्थित प्यूठानको माण्डवी गाउँपालिका-३ अरुणखोलानजिकै जिप अनियन्त्रित भई दुर्घटना भएको हो ।

रोल्पाबाट भालुबाङतर्फ जाँदै गरेको भे १ ज ७३४ नम्बरको जिप अनियन्त्रित भई सडकको दायाँ भागको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रहरीका अनुसार जिपमा सवार चालकसहित १० जना घाइते भएको र उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *