श्रेणी : समाचार
दाङ । प्युठानको भिंग्रीमा कार दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । प्यूठानबाट दाङ आइरहेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीको घुम्तीमा सोमबार अपरान्ह दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएकालाई अस्पताल पुर्याएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिएका छन् ।
दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका १५ बस्ने ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका छोराहरू १४ वर्षीय विशाल पोख्रेल र ९ वर्षीय विकास पोख्रेल, लमही नगरपालिका ५ का ४९ वर्षीय ताराबहादुर कुमाल, लमही ७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा शाह र उनका छोरा ९ वर्षीय आदित्य शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वर्गद्वारी मन्दिरको दर्शन गरी कार दाङ तर्फ फर्किरहेको थियो । तीब्र गतिको कार घुम्तिमा अनियन्त्रित भई दुर्घटनामा परेको आशंका प्रहरीले गरेको छ ।
प्रतिक्रिया